Skip to content

झुटो आरोपमा पक्राउ गरेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

झुटो आरोपमा पक्राउ गरेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
प्रकाशित:
शब्दको आकार

सिन्धुलीः सिन्धुलीमा गाई मारेको झुटो अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको भन्दै नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंसिर २६ गते मरिण गाउँपालिका-५ का ऐमान सिं गोले र नगदले गोलेलाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई जनालाई थुनामा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षणसमेत गराएका हुन् । स्थानीय संगिता माझीको घरमा पालेको गाई मरेको र मरेको गाईको मासु घर लग्ने क्रममा प्रहरीले उनीहरुलाई पक्रा उ गरेको विज्ञप्तीमा उल्लेख छ ।

तामाङ घेदुङ समन्वय समिति सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङ्तानले कानुनले प्रतिबन्ध नगरेको काममा प्रहरी प्रशासनको हस्तक्षप भएको बताउनुभएको छ । घेदुङले पक्राउ परेकामाथि लगाएको झुट्टा मद्दा खारेज गरिनुपर्ने, थुनामा राखिएको उनीहरुलाई विनासर्त तुरुन्त रिहा गर्नुपर्ने, निर्दोष व्यक्तिलाई पक्राउ गर्न आदेश दिने प्रहरी अधिकारी माथि विभागीय कार्यवाही गरिनुपर्ने, विना अपराध थुनिएकाहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागहरु अघि सारिएको छ । ५ दिन भित्र मागहरु पुरा नभएमा हामी आन्दोलनमा उत्रिने भन्दै सृजना हुने असहज परिस्थिाको जिम्मेवार प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts