Skip to content

स्थानिय राई समुदायको ठूलो एकादशी पर्बमा हरिहरपुरगढीमा सार्बजनिक बिदा

स्थानिय राई समुदायको ठूलो एकादशी पर्बमा हरिहरपुरगढीमा सार्बजनिक बिदा
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले स्थानिय राई समुदायको पर्व हरिबोधनी एकादशीको ( ठूलो एकादशी )अबसरमा कार्तिक २७ गते सार्बजनिक बिदा दिएको छ ।

एक सुचना प्रकाशित गरि गत कार्तिक २४ गते बसेको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा बसोवास रहेको राई  समुदायको मुख्य पर्व हरिवोधनी एकादशी (ठुलो एकादशी) को उपलक्ष्यमा गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक सघं सस्थांहरुमा स्थानीय विदा दिने निर्णय गरिएको बताइएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

युभास श्रेष्ठ
Author
युभास श्रेष्ठ
लेखक मेरोपत्र डट्कमको मधेस प्रदेशको ब्युरो प्रमुख हुनुहुन्छ ।

Related Posts