Skip to content

मैत्रीपूर्ण महिला फुटबलमा बकैया र हरिहरपुरगढीको बराबरी

मैत्रीपूर्ण महिला फुटबलमा बकैया र हरिहरपुरगढीको बराबरी
प्रकाशित:
शब्दको आकार

बकैया: मकवानपुरको बकैया गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सोमबार बकैया-३ स्थित बकैया रंगशालामा दुई पालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण खेल भएको हो ।

दुई टिमले १-१ गोलको बराबरी खेलेका छन् । हरिहरपुरकी पुर्णिमा माझी र बकैयाकी सिर्जना लामाले एक-एक गोल गरिन् । हरिहरपुरगढी खेलकुद विकास समितिले अर्को पटक आफ्नो पालिकामा मैत्रीपुर्ण खेलका लागि बकैया खेलकुद विकास समितिलाई निमन्त्रणा दिएका छन् भने बकैया पनि सिन्धुली जाने भएका छन् ।

सोमबार भएको मैत्रीपुर्ण खेलमा हरिहरपुरगढी खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई (हिमाल), बकैया-३, खेलकुद विकास समितिका संयोजक कृष्ण लो र वडा नम्बर ८ का वडा खेलकुद विकास समितिका संयोजक जय बहादुर थोकर लगायतको उपस्थिति रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts