Skip to content

हरिहरपुरगढीको भाईरल जङ्गल बडादशैमा घुइचो

हरिहरपुरगढीको भाईरल जङ्गल बडादशैमा घुइचो
प्रकाशित:
शब्दको आकार

सोसल मिडियामा हरेक कुरा चाहे सकारात्मक होस या नकारात्मक होस भाईरल भन्ने बित्तिकै त्यस्को चर्चा चुलिने गर्छ ।

भाईरलको मामलामा सिन्धुलीको हरिहरपुरगढी पनि अछुतो रहेन।मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हरिहरहरपुरगढी - २ स्थित लगभग ७०० मिटर जङ्गल क्षेत्रको सडक खण्ड अचानक भाईरल जङ्गलको नामले चिरपरिचित छ ।भाईरल भन्ने बित्तिकै कुनै घटना या काण्ड भएको भन्ने पनि अहिलेको जनमानसको बुझाईमा पर्ने गर्दछ । तर यो ठाउँमा न कुनै घटना घट्यो न कुनै काण्ड नै भयो मात्र कोभिडको समयमा सुनसान सडकम फोटो खिच्ने र टिकटक बनाउदै भाईरल जङ्गल भन्दै एक कान दुईकान हुँदै मैदान भने जस्तै चारैतिर फैलियो ।

टाढा टाढाबाट भाईरल जङ्गल भन्दै खोज्न आउन थाले त्यति बेला सम्म स्थानीयहरु भाईरल जङ्गल कता होला भन्ने सम्मको अनबिज्ञ थिए ।तर मान्छे चाप बढ्न थालेपछि स्थानिय पनि आफ्नो ठाउँ भाईरल भएको थाहा पाए ।

भाईरल भन्ने कुरो क्षणिक हुन्छ भन्ने धेरै उदाहरण छ्न । भाईरल जङ्गललाई पनि आन्तरिक पर्यटनको गन्तब्य बनाउन र अझै पर्यटकको सङ्ख्या बढाउनु पर्ने आबश्यकता रहेका छ्न ।छिमेकी जिल्ला मकवानपुर सिन्धुलीमाढि बजार देखि र यहि बाटो भएर पुर्ब जाने यात्रीलाई लगायत अन्य ठाउँबाट हाल पर्यटकहरु आउने एक्छिन सुन्दर बनको ,सडकको दृश्यमा फोटो,भिडियो खिच्न लालायित हुन्छ्न ।

यो भाईरल जङ्गललाई व्यबस्थित र केही सुबिधाको ब्यबस्था गरियो भने झनै यो क्षेत्र पालिका कै प्रमुख गन्तब्य हुन सक्छ ।यो आर्थिक बर्षमा पालिकाले यो क्षेत्रमा खानेपानी , सौचालय र बस्ने संरचनाको निर्माण गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउने पालिका अध्यक्ष बज्रध्वज वाईबा बताउनुहुन्छ।

हरेक मुख्य पर्व र चाडमा भिड हुने यो क्षेत्रलाई पालिकाले पर्यटकीय क्षेत्र घोषणा गरि ब्यबस्थित बनाउन सके झनै पर्यटक भित्रीने र आन्तरिक आयश्रोत बढ्ने सम्भावना प्रवल देखिन्छ

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts