मेरो पत्र Logo

नेपाल तामाङ घेदुङ हरिहरपुरगढिको ल्होछार कार्यक्रम सपन्न

Mero Patra
मेरो पत्र
ad
नेपाल तामाङ घेदुङ हरिहरपुरगढिको ल्होछार कार्यक्रम सपन्न
adad

सिन्धुलीको हरिहरपुरगढीमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ। नेपाल तामांग घेदुङ हरिहरपुरगढी समितिद्वारा पालिकाको श्रीपुर बजारमा ल्होछार जागरण ,शुभकामना तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रद्वज वाइबा ,बिशिस्ट अतिथि हरिहरपुरगढी गाउँपालिका उप प्रमुख चेख बहादुर थिङ ,हरिहरपुरगढी गाउँपालिका पूर्व उप प्रमुख अनिता कुमारी राई ,नेपाल तामांग घेदुङ सिन्धुली जिल्ला अध्यक्ष सुरज स्याङ्गतान ,नेपाल तामांग घेदुङ पूर्व केन्द्रिय महासचिब काजिमान थिङ ,नेकपा एमाले हरिहरपुरगढी अध्यक्ष मान बहादुर वाइबा , हरिहरपुरगढी पालिका प्रसासकिय अधिकृत दाताराम प्याकुरेल ,लेखा प्रमुख शिब रेग्मी वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यतामा कार्यक्रम भएको छ।

कार्यक्रममा बोल्नुहुदै पालिका प्रमुख बज्रद्वज वाईबाले ल्होछारको शुभकामना दिदै तामाङहरु पनि उच्च ओहोदामा पुगिसकेको र अब अन्य जाति समुदायलाई होच्याउनु नहुने तथा हामि नै मेहनत गरेर सफलता हासिल गर्नु पर्ने तथा आफ्नो भेषभूसा,सस्कृति जोगाउनुपर्नेमा जोड दिनुपर्ने बताउनु भएको थियो।


कार्यक्रममा अन्य अतिथिहरुले पनि तामाङ समुदायको भाषा ,सस्कृति सम्बन्धिबारे बिचार तथा ल्होछारको शुभकामना दिनु भएको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकार गीतकार ,संगीतकार तथा गायक फुल कुमार बम्जन ,डान्सर स्रिस्टी घिसिङ र स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए।


सिन्धुलीकै गायक बम्जनले आफ्नो तामाङ सेलो गीतमा दर्शकहरुलाई नचाएका थिए साथमा डान्सर स्रिस्टी घिसिङ्गको नृत्यले कार्यक्रमको रौनकता थपेको थियो , कार्यक्रमको अध्यक्षता नेपाल तामाङ हरिहरपुर गढी समिति अध्यक्ष टेकबहादुर जिम्बा तथा नेपाल तामाङ हरिहरपुरगढी समिति सचिब सिद्धि बहादुर लामाले कार्यक्रम संचालन गर्नु भएको थियो।

सेयर गर्नुहोस्: