Skip to content

धादिङको झ्याप्ले खोलामा बस पुरियो,१४ जनाको शब फेला

धादिङको झ्याप्ले खोलामा बस पुरियो,१४ जनाको शब फेला
प्रकाशित:
शब्दको आकार

धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ती शवहरू निकालिएको हो।

बुटवलबाट काठमाडौं जाँदै गरेको उक्त माइक्रो शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए।

१४ शवहरू एक जना बालक,  ५ महिला र  ८ जना पुरुषहरूका रहेका छन् । हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।

अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।

‘भीषण पहिरो झरेको छ । कति गाडी पुरिए भन्ने नै यकिन छैन । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ घटनास्थलमा रहेका आशिष थापाले भने, ‘यतिबेलासम्म १४ वटा शव निकालिएको छ । अरु शवहरू पनि देखिएको छ निकाल्न सकिएको छैन । ’

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts