Skip to content

गर्मी र लु बाट बच्ने उपायहरु

गर्मी र लु बाट बच्ने उपायहरु
प्रकाशित:
शब्दको आकार

गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ।तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लू या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ।

यस्तो अवस्थामा शरीरमा पानीको कमि हुने, तापमान बढ्ने, टाउको भारी हुने, आँखा पोल्ने, ज्वरो आउने, बेहोस हुने जस्ता समस्या देखिनसक्छन्।

तातो हावा तथा लु लाग्दाका असरहरू
हृदयको गति तीव्र हुने
श्वासप्रश्वास र रक्तचाप कम हुने
शरीरबाट पसिना ननिस्किने
टाउको अत्याधिक दुख्ने
चक्कर लाग्ने, अचेत हुने
शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
छाला सुक्खा, रातो र तातो हुने
गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गरौँ । उल्लेखित असरहरू देखिएमा बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजाऔँ ।

गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु

तातो हावा तथा लु बाट बच्ने उपायहरु
दिउँसो घरबाट बाहिर ननिस्कने
बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
मदिरा सेवन नगर्ने
चिसो पानीले नुहाउने
खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्ने
गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts