Skip to content

माओवादीबाट आफ्नै घर एमालेमै फर्किए बुढाथोकी

माओवादीबाट आफ्नै घर   एमालेमै फर्किए बुढाथोकी
प्रकाशित:
शब्दको आकार

सिन्धुली । नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका कमलामाई नगरपालिका -९ भीमानका नेता नानु बुढाथोकी पुनः एमालेमै फर्किएका छन् ।
माओवादी केन्द्र कमलामाई नगर कमिटी उपाध्यक्ष समेत रहेका बुढाथोकी एमालेमै फर्किएका हुन् ।
०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा नं- ९ को वडाअध्यक्ष आकांक्षी रहेका बुढाथोकीलाई टिकट नदिएपछि पार्टीले आफूलाई अन्याय गरेको भन्दै माओवादीमा प्रवेश गरेका थिए ।
साँढे दुई वर्षको समयमा माओवादीमा बिताएका चौलागाईं आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताए ।
सोमवार नेकमा एमाले जिल्ला कमिटीले सिन्धुलीमाढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल र जिल्ला इन्चार्ज मनोजजंग थापाल गायत नेताहरुले अविर लगाएर बुढाथोकीलाई एमालेमा स्वागत गरेका गरेको जिल्ला कमिटी उपाध्यक्ष एवंम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts