Skip to content

हरिहरपुरगढीमा पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चतता कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चतता कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

झनझने,असार ६ : हरिहरपुरगढीमा स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्दता भन्ने मुल नाराका साथ पालिका स्तरीय पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चतता कार्यक्रम सम्पन्न भएको छ । पालिका प्रमुख बज्रध्वज वाईबाको अध्यक्षता रहेको कार्यक्रममा
उप प्रमुख चेख वहादुर थिङ,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, शाखागत कर्मचारी,स्वास्थ्यकर्मि,महिला स्वास्थ्य स्वयमसेविकाहरु लगायत उपस्थिति रहेको थियो । पुर्ण सोप गाउँपालिका सुनिश्चितता गर्ने सम्पुर्ण प्रक्रियाहरु पुरा गरी पालिकाले २०८१ असार ६ सम्म १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हो ,सहभागी सबैले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न भएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts