मेरो पत्र Logo

अमेरिकाको जर्जियाको एक विद्यालय गोलीकाण्डमा चार जनाको मृत्यु

Mero Patra
मेरो पत्र
ad
अमेरिकाको जर्जियाको एक विद्यालय गोलीकाण्डमा चार जनाको मृत्यु
adad

अमेरिकाको जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । उक्त्त घटनामा अन्य नौ जना घाइते भएका छन्।
ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।
करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो ।
गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् ।

सेयर गर्नुहोस्: