Skip to content

हरिहरपुरगढीको रतनपुरमा एकादशी मेलामा सम्पन्न

हरिहरपुरगढीको रतनपुरमा एकादशी मेलामा सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा यस वर्षको हरिबोधनी एकादशी मेला सम्पन्न भएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सो मेलामा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथीमा वडा अध्यक्ष विश्व राई रहनुभएको थियो । विशेष अतिथिहरूमा राई उत्थान समाज हरिहरपुरगढीका अध्यक्ष चन्द्र बहादुर राई, किरात देवास राई उत्थान समाज नेपालका सिन्धुली जिल्ला अध्यक्ष बिष्णु बहादुर राई, युवा तथा खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राई ‘हिमाल’ लगायतको आतिथ्यता रहेको थियो ।

मेलाको अवसरमा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । गीत–संगीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

राई समुदायमा हरिबोधनी एकादशीको अवसरमा रातभर जाग्राम बसेर भगवान् विष्णुको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । यस वर्षको मेला पनि सोही धार्मिक परम्परालाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts