Skip to content

हेटौडामा मन्त्री क्वाटरमा आगलागी

हेटौडामा मन्त्री क्वाटरमा आगलागी
प्रकाशित:
शब्दको आकार

हेटौंडा उपमहानगरपालिका-९ लामसुरे स्थित बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको खबर प्राप्त भएको छ। मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, आगलागी बिजुलीको तार सर्ट भएर अचानक सुरु भएको हो। उक्त आगलागी क्वाटरको माथिल्लो तलाको सभाहलमा भएको थियो।प्रहरी र दमकलको टोलीले आगलागीलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। आगलागीका कारण इन्भर्टर ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट- गलैचा १ थान, र जिप्सन १०/५ को क्षति भएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts