Skip to content

अझै भेटिएन सुनकोशीमा बेपत्ता ३ जना व्यक्त्ति

अझै भेटिएन सुनकोशीमा बेपत्ता ३ जना व्यक्त्ति
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीपसहित खसेका तीन जना अझै फेला परेका छैनन् ।हिजो साँझ जीपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

‘२४ घण्टादेखि निरन्त खोजी भइरहेको छ । तर अहिलेसम्म मान्छेको अवस्था पत्ता लगाउन सकिएको छैन’, थापाले भने । सशस्त्रकै गोताखोर टोलीले जिप भने आइतबार राति २ बजेतिर फेला पारेको थियो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो ।प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडीबाट हामफालेर बाहिर निस्केका सुशान्त कक्षपति भने सामान्य घाइते छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts