Thursday, September 12, 2024
Homeराजनीतिएमाले बागमती प्रदेश, संसदीय दल बैठकमा सरकार प्रति कडा हुनुपर्ने माग

एमाले बागमती प्रदेश, संसदीय दल बैठकमा सरकार प्रति कडा हुनुपर्ने माग


बागमती प्रदेशको नेकपा(एमाले ) संसदीय दलको बैठकमा प्रदेश सरकारको रवैया प्रति एमाले सशक्त उभिनुपर्ने आवाज उठेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यबहार आवश्यक भन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघिबढ्ने नीति लिएको बताए । एमालेका प्राय प्रदेश सभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएको बताए । बैठकमा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा(एमाले ) मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

received 1585928612209625


त्यस्तै नेकपा ( एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो डिकुटीबाट दान दिएको रूपमा व्यबहार गर्न थालेको बताउनुभयो । उहाँले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी गर्नुभयो । संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत ब्याख्या गरेको बताउनुभयो। संसदीय समितिको पदाधिकारी टुङ्ग्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिडेको समेत पाइएको बताउनुभयो । हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्यौ, सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्‍यो , तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने जस्ता हल्ला चलाएको छ उहाँले भन्नुभयो । संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गर्न नसकिने बताउनुभयो । उहाँले एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लागिरहनु पर्ने बताउनुभयो । आफ्ना दलका प्रदेश सभा सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिदै नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह गर्नुभयो ।

Image
सम्बन्धित समाचारहरू
- Advertisment -spot_img

ताजा खबर