काठमाडौँ। हस्तकला क्षेत्रको विकासको लागि कानून निर्माण गरेर अघि बढ्ने बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले बताउनु भएको छ । आईतवार नेपाल हस्तकला महासघंले काठमाण्डौंको थापाथलीमा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा यस्तो बताउनु भयो ।
हस्तकलाको विकासको लागि नियमकानुनको आवश्यक देखिएको छ मन्त्री तामाङले भन्नुभयो – “तपाई विज्ञहरुसगँ बसेर छलफल गरेर विदेक निर्माणमा मन्त्रालय लाग्ने छ ।” युवाहरुलाई, महिलाहरुलाई स्वारोजगारमा जोड्न सक्ने भएकाले हस्तकाला क्षेत्रलाई अगाडी बढाउन आवश्यक रहेको पनि मन्त्री तामाङले बताउनु भयो ।
हाम्रो आफ्नै गाउँघरमा रहेको सामाग्रीहरुलाई कलात्मक ढंगमा प्रस्तुत गर्ने र तिनलाई बजार खोजि आम्दानी वृद्धि गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि मन्त्री तामाङले बताउनु भयो । उहाँले भन्नुभयो- “हस्तकलाबाट सिर्जित सामाग्री निर्यात गर्दा आर्थिकमा टेवा मिल्ने छ । “