Skip to content

सिन्धुलीमा इन्सेकको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न ,मानवअधिकार उल्लंघनका ६७ घटना

सिन्धुलीमा इन्सेकको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न ,मानवअधिकार उल्लंघनका ६७ घटना
प्रकाशित:
शब्दको आकार

सिन्धुली,साउन १ : अनौपचारिक सेवा केन्द्र इन्सेकले सिन्धुलीमा आज अर्धवार्षिक समिक्षा गोष्ठी कार्यक्रम गरेको छ।इन्सेकले २०८० पुष १६ गते देखि २०८१ असार १६ गते सम्म भएको मानव अधिकार उलंघनका घटनाको विवरण सार्वजनिक गरेको होे । जस अन्तर्गत सिन्धुलीमा ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लंघनका घटनामा ६७ जना पीडित भएको जानकारी गराएको छ।
प्रतिवेदनमा पुरुषभन्दा महिला बढी पीडित भएको खुलेको छ । राज्य पक्षबाट एक वटा र अन्यबाट ६५ वटा घटना भएको इन्सेक प्रतिनिधि नविनबाबु अधिकारीले जानकारी दिए ।
तथ्यांक अनुसार जिल्लामा पुष १६ देखि असार १६ सम्ममा बाल अधिकार सम्बन्धी १० वटा घटना भएका छन् भने महिलासँग सम्बन्धित ५७ वटा घटना भएका छन् । जसमा १० जना बालिका र ५७ जना महिला पीडित भएका छन् । जसमा बालिका बलात्कारका ६ वटा, यौन दुब्र्यवहार १ र बलात्कार प्रयासका २ वटा घटना र बेचबिखन १ घटना भएको इन्सेकले जनाएको छ । महिला अधिकारतर्फ घरेलु हिंसा ४९, हत्या १, बलात्कार प्रयास ३, बेचबिखन १ र बहुविवाहका ३ वटा घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको ६ महिनामा जिल्लामा ४९ वटा घटना भएका थिए । राज्य पक्षबाट १ वटा घटना भएको र अन्य सबै घटना गैह्र राज्य पक्षबाट भएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लंघनका घटनाको अध्ययन,अनुगमन,अभिलेख, तथा पैरवि गर्ने काम गर्दै आएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts