Skip to content

बागमती गाउँपालिकाले आर्थिक बर्ष ०८१/८२ को लागि ७० करोड ५३ लाख बजेट बिनियोजन

बागमती गाउँपालिकाले आर्थिक बर्ष ०८१/८२ को लागि  ७० करोड ५३ लाख बजेट बिनियोजन
प्रकाशित:
शब्दको आकार

बागमती: पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको बजेट पारित भएको छ । आइतबार भएको गाउँसभामा वडा नम्बर ५ का वडाध्यक्ष एवम् कार्यपालिकाका सदस्य विजय कुमार भोलनले ७० करोड ५३ लाख ८५ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकोमा पारित भएको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा भन्दा बजेट बढाएर ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा ६८ करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो ।गाउँपालिकाले चालू आर्थिक वर्षको पुर्वधार विकासतर्फको भुक्तानी हुन बाँकी योजनाहरुका लागि ३ करोड ३९ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै आगामी आर्थिक वर्षका लागि पुर्वधार विकासतर्फ ३ करोड २३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

पालिकाले आर्थिक विकासका लागि ५ करोड ४३ लाख ५० हजार विनियोजन गरेको छ । पालिकाले क्रसर उद्योग संचालनका लागि ५ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ। वडा नम्बर ५ स्थित कोइरालमा संचालन गरिने क्रसर उद्योगको ठेक्कासमेत भइसकेको जनाएको छ ।

यस्तै कृषि विकासतर्फ ८६ लाख रुपैयाँ र पशु विकासतर्फ ३ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै वन, वातावरण तथा विपद व्यवस्थापन समितिका लागि ६३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुदमा ४ करोड ३ लाख,खानेपानीका लागि ४६ लाख रुपैयाँ गरि ५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १० करोड ८०लाख ४७ हजार विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको गाउँसभामा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्क बहादुर पुलामी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान लगायतको उपस्थिति रहेको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts