Skip to content

बकैया गाउँपालिकाले ल्यायो ९१ करोड बजेट

बकैया गाउँपालिकाले ल्यायो ९१ करोड बजेट
प्रकाशित:
शब्दको आकार

बकैया: मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको ११ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले यस पटक घटाएर बजेट ल्याएको छ । बकैयाले आर्थिक वर्ष २०८१/८२ मा ९३ करोड ७२ लाख ७० हजार ६ सय ५६ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। बकैयाको प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयनका आन्तरिक आयतर्फ ११ करोड ५१ लाख १८ हजार ६ सय ६२ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार रुपैयाँ, संघीय तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३ सय ३७ रुपैयाँ मात्र रहने प्रक्षेपण छ। बकैया गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक स्रोतबाट १५ करोड ४८ लाख ६ हजार २ सय ५१ रुपैया अनुमान गरिएकोमा आन्तरिक स्रोतबाट २ करोड १७ लाख ३७ हजार २१ रुपैया ८६ पैसा आम्दानी भएको छ। यस्तै विनियोजनतर्फ चालु आर्थिक वर्ष २०८१र८२ को लागि बकैया गाउँपालिकाबाट कुल ९३ करोड ५९ लाख ९९ हजार ६ सय ५६ रुपैयाँ विनियोजन गरिएको थियो । विनियोजन बजेट मध्ये हाल सम्म चालतर्फ ४३ करोड ८१ लाख ९१ हजार ३ सय ८४ रुपैयाँ खर्च भएको छ।

पालिकाको ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न नेपाल सरकारबाट प्राप्त समपुरक अनुदानवापत १ करोड र बागमती प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान २ करोड ७० लाख रुपैयाँ गरी ३ करोड ७० लाख रुपैयाँमा पालिकातर्फबाट उक्त योजनाहरु कार्यान्वयन तथा अन्य साझेदारी योजना तथा कार्यक्रम गर्नको लागि समपुरक कोषमा रु ५ करोड विनियोजन भएको छ। यस्तै नेपाल सरकारबाट प्राप्त विशेष अनुदान ७५ लाख रुपैयाँलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नुका साथै प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान ६५ लाख रुपैयाँलाई चिस्यान केन्द्र निर्माण बकैया ७ योजना निर्माण सम्पन्न गर्ने भएको छ।

बोलखे, एसईइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया –९ बाघ भैरव माविका रमेश कुमार लामालाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।

‎त्यस्तै सिमात आधारभूत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा खोप तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखि कार्यगर्ने विना कुमारी स्याङतान, पशु विकास सेवा तर्फ रामकृष्ण तिमल्सिना, कृषि विकास सेवा तर्फ भावना अधिकारी, प्राविधिक कर्मचारी तर्फ मोहमद मेराज आलम, वडा सचिव तर्फ युवराज ठाडा मगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । सर्वोत्कृट कर्मचारी तर्फ सहायक प्रहरी निरिक्षक प्रमोद थापालाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो ।

‎कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्ता बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायतकाले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts