Skip to content

मरिण गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि ६३ करोड बजेट ल्यायो

मरिण गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि ६३ करोड बजेट ल्यायो
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको मरिण गाउँपालिकाले आज शनिवार दोस्रो अधिबेशन तथा १५ औ गाउँ सभामा आर्थिक बर्ष २०८१/८२ को निति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

पालिकाले कृषि, पर्यटन, सामाजिक विकास, भौतिक विकास, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिदै गाउँपालिकाले निति तथा कार्यक्रम मा ६३ करोड भन्दा बढीको बजेट ल्याएको हो । निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले “कृषि, पशुपालन र पूर्वाधारः मरिण गाउँपालिका विकासको आधार” भन्ने दीर्घकालीन सोच हासिल गर्न नीति तथा कार्यक्रम तय गरि कार्यान्वयन गरिने बताउनुभयो ।

आधुनिक कृषि प्रणालीको विकास गरि व्यावसायिक, उत्पादनमुखी कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्दै गाउँपालिकालाई खाद्यान्न, दुध र मासुमा आत्मनिर्भर बनाउन नवप्रवर्तनकारी एवं समुदायमा आधारित पशुपन्छी वृहत् साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

मरिणको किसानलाई प्रोत्साहन र स्थानीय उत्पादन एवं उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न बाहिरी जिल्लाबाट आयात हुने तरकारी लगायतका कृषिजन्य उपजमा प्रतिबन्ध लगाई आयातलाई प्रतिस्थापन गर्ने नीति अवलम्बन गरी कार्यान्वयनमा ल्याउने भएको छ। किसानहरुको लागि सरोकारवाला वैंक तथा वित्तीय संस्था सँग समन्वय गरी विना धितो विना झन्झट रु. २ लाख सम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गरिने निति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक बर्षको लागि गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारको गरी कुल ६३ करोड ६० लाख ६३ हजार ८ सय रूपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

चालू तर्फ ४३ करोड २० लाख ६८ हजार ८ सय रूपैयाँ र पुँजीगत तर्फ २० करोड ३९ लाख ९५ हजार रूपैयाँ बजेट विनियोजन गरीएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts