Skip to content

हरिहरपुरगढी गाउँपालिका कार्यालय नजिकै रहेको त्रिमिलन हाटबजार

हरिहरपुरगढी गाउँपालिका कार्यालय नजिकै रहेको त्रिमिलन हाटबजार
प्रकाशित:
शब्दको आकार

झनझने , जेठ २१:ठुलो बजारको पहुँच भन्दा टाढा भएका मानिसलाई दैनिक आवश्यकीय सामग्री स्थानीय स्तरमै उपलब्ध गराउने एउटा माध्यम पनि हो हाटबजार ।
अहिले सिन्धुलीको हरेक गाउँ सडक सञ्जालमार्फत् जोडिइसकेका छन् । दैनिक उपभोग्य सामग्री गाउँगाउँमै उपलब्ध पनि हुन्छ । तै पनि सिन्धुलीमा यस्ता हाट बजारको पहिलेको जत्तिकै महत्व छ । स्थानीय हाट बजारमै दैनिक उपभोग्य सामानसहित कपडा, जुत्ताचप्पल, शृङ्गारका सामग्री तथा कृषिजन्य उत्पादन पाइने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता बढ्दै गैरहेको छ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिकाको कार्यालय नजिकै रहेको चैनपुरको त्रिमिलन हाटबजार अहिले साप्ताहिक किनमेल गर्ने थलोको रुपमा स्थापित हुदै गैरहेको छ । यस्ता हाट बजारमा स्थानिय कृषि उत्पादन र दैनिक उपोभोग्य सामान समेत पाइने भएकाले स्थानीयहरु किनमेल गर्ने अनि साथीभाई भेटघाट गर्ने थलोको रुममा हाटबजारको रौनकता बढिरहेको छ ।तातो घामको प्रवाह नगरि हाट बजारमा किनमेल गर्न आउने र साझ सम्म पनि चहल पहल बढिरहेको स्थानिय कमल राई बताउछन ।
मदन भण्डारी राजमार्ग संगै जोडिएको चैनपुर हाट बजारमा हरेक सोमबार लाग्ने भएकाले स्थानिय उत्पादनले पनि बिस्तारै स्थान पाउदै गरेको र बजारले कृषकहरुलाई पनि आफ्नो उत्पादन गाउँघरकै बजारमा बिक्रि हुने आशा तथा बिश्वास बढ्दै गएको पाइन्छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts