Skip to content

मकवानपुरको मनहरीमा उभौली मनाइयो,राई संग्रहालय उद्घाटन

मकवानपुरको मनहरीमा उभौली मनाइयो,राई संग्रहालय उद्घाटन
प्रकाशित:
शब्दको आकार

आदिवासी जनजाती अन्तर्गत पर्ने किरात देवास राईहरु आफ्नो सस्कृती जगेर्नाको लागि परेकाछन्।

पछिल्लो समय आफ्नो समुदायमा उपल्लो पुस्ताबाटै बिलिन हुँदै गईरहेको सस्कृतीलाई पहिचानको लागि राई जातिहरु एक ठाउँमा आई आफ्ना पुर्खाले शुरु गरेको सस्कृतीलाई जगेर्ना गर्न लागि परेको देखिन्छ ।

यस  बर्षको उधौली पर्बमा किरात देवास राई उत्थान समाज नेपाल मकवानपुरले सस्कृती जगेर्ना गर्न कार्यक्रम मात्रै गरेनन् । राई जातिको सस्कृतिमा प्रयोग हुने विभिन्न सामाग्रीहरुको संरक्षणमा  समेत अग्रसरता देखाउदै आईरहेको छ । समाजले राई समुदायका उपस्थिति रहेको पालिका तथा वडाहरुमा ईकाई कमिटी निर्माण गर्दै सस्कृती संरक्षणमा लागि परिरहेकोछ ।

उधौली पर्व मनाउदै गर्दा मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा  किरात देवास राई समाजको नब निर्मित  संग्रहालयको उद्घाटन समेत गरिएको थियो । वडा नम्बर ५ को  चालू आर्थिक बर्ष २०८०/०८१ मा दश लाखको बिनियोजन गरि संग्रहालयको निर्माण गरिएको थियो ।

संविधानसभा सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा नब निर्मित भवनको उद्घाटन गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका  ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी ,समाजका  केन्द्रिय सदस्य चन्द्र बहादुर राई बिशिष्ट अतिथी, विभिन्न राजनैतिक दलका प्रतिनिधि , समाजका नेतृत्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम किरात देवास राई उत्थान समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण माया राईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts