मेरो पत्र Logo

कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहिया पक्राउ

Mero Patra
मेरो पत्र
ad
कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहिया पक्राउ
adad

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान ब्यूरोले दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
यसअघि धनुषा जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय थापाथली पुगेका थिए ।

सिरोहिया विरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सेयर गर्नुहोस्: