Mero Logo

नेपाल शिक्षक महासंघको हरिहरपुरगढीको अध्यक्षमा जीवन राना

हरिहरपुरगढी गाउँपालिकाको नेपाल शिक्षक महासंघको दोस्रो पालिका अधिवेशन एवम् घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ।

शिक्षक महासंघ अध्यक्ष श्री कल्याण बहादुर थापाको अध्यक्षता,हरिहरपुरगढी गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाइवा ज्युको प्रमुख आतिथ्यता , नेपाल शिक्षक महासंघ जिल्ला समिति सिन्धुलीका अध्यक्ष श्री बिष्णु फुयालको बिशिस्ट आतिथ्य, एवं अतिथिहरु नेकपा एमाले केन्द्रिय कमिटी सदस्य श्री कमलजङ्ग राई, CNT सिन्धुली जिल्ला सहसचिव श्री वल बहादुर भुजेल,UANTO सिन्धुली जिल्ला अध्यक्ष श्री सन्तोष श्रेष्ठ, CNT जिल्ला सदस्य ध्रुवप्रसाद पोखरेल UANTO बागमती प्रदेश सदस्य टंकप्रसाद तिमल्सिना, हरिहरपुरगढी CNTका सस्थापक अध्यक्ष तथा भुमीआयोग सिन्धुलिका अध्यक्ष बाबुराम राई, NNTA जिल्ला सदस्य प्रेमप्रसाद पहाडी, हरिहरपुरगढी शिक्षा शाखा प्रमुख यमकुमार अछामेको उपस्थिति रहेको थियो।

अधिबेशनबाट जीतबहादुर राना ( जीवन )को अध्यक्षतामा १७ सदस्यीय नेपाल शिक्षक महासंघ हरिहरपुरगढी गाउँपालिका समिति सर्वसम्मत रुपमा चयन भएको छ। सह-अध्यक्ष : श्यामकुमार श्रेष्ठ ,उपाध्यक्ष :छ्त्रबहादुर राई ,महिला उपाध्यक्ष :अम्बिका कुमारी राई,सचिब : प्रदिप कुमार घिमिरे ,सह-सचिब ,पूर्णबहादुर गुर्मछान,सह-सचिब : महेश सापकोटा ,अर्थ सचिब : शोभा लामा सद्स्यहरुमा फुलमाया थिङ,डिलमान घलान,पद्मजङ्ग राई,लक्ष्मी मैनाली,नरमान जिम्बा,अन्जनी कुमारी राई, गोपाल थिङ,अशोक चौधरी, राकेश मण्डल चयन भएका छन्। अधिवेशन एवम् घोषणा सभा कार्यक्रम संचालन नेपाल शिक्षक महासंघ हरिहरपुरगढी गाउँपालिका समितिका सचिब प्रदिपकुमार घिमिरेले गर्नु भएको थियो !

प्रतिक्रिया