back to top

हरिहरपुरगढीको माबि झ्याडीका शिक्षक दैब केशर राईलाई बिदाई गरियो ,नगद ५० हजार अक्षयकोष स्थापना

Advertisementspot_img
spot_img

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४, स्थित श्री माध्यमिक विद्यालय महेन्द्रझ्याडीमा अध्यापन गराइरहनु भएका शिक्षक दैव केशर राईले आज उमेर हदको कारण अनिवार्य अवकाश पाउनु भएको छ । विगत ३४ वर्ष ११ महिना देखि प्राथमिक तहको द्धितीय श्रेणीमा स्थायी शिक्षकको रुपमा वहा अध्यापन गराउदै आइरहनु भएको थियो।

443845077 122140675922233061 4743362748808329159 n


राईले उक्त विद्यालयबाट आफ्नो सरकारी सेवा मिति २०४६/०२/२३ गते देखि अस्थायी शिक्षकको रुपमा सेवा सुरु गर्नुभएको हो। करिव २ वर्ष पश्चात मिति २०४८/०३/३२ गते देखि पुन सोही विद्यालयमा स्थायी शिक्षकको रुपमा स्थापित हुनु भएको राईले श्री मा.वि. महेन्द्रझ्याडीमा ३४ वर्ष ११ महिना एउटै विद्यालयमा अध्यापन गराउनु भएको हो। सेवामै रहँदा २०७७ साल भाद्र महिनामा उच्च रक्तचापको कारण विरामि समेत रहेका राईले स्वास्थ्य सुधार भइसकेपछि पनि निरन्तर विद्यालयको सेवामा लागिरहे ।
विद्यालयले आज एक कार्यक्रम गरी राईलाई विदाई समेत गरेको छ । उक्त विदाई कार्यक्रम श्री माध्यमिक विद्यालय महेन्द्रझ्याडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिल बहादुर बम्जनको अध्यक्षतामा, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाजको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कमल कुमार राई, हरिहरपुरगढी गाउँपालिका शिक्षा शाखा प्रमुख यम कुमार अछामे र हरिहरपुरगढी गाउँपालिकाका कम्प्युटर अपरेटर किरण राईको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा राईले विद्यालयमा सहयोग बापत ५० हजार रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिल बहादुर बम्जन र विद्यालयका प्रधानध्यापक रेणु प्रसाद देवकोटालाई हस्तान्तरण गरी आफ्नो नामको अक्षयकोषको स्थापना गरेका छन्। साथै राईले सेवा निवृत्त रहेपनि विद्यालयलाई आफुले सकेको सहयोग गर्ने समेत प्रतिवद्धता गर्नुभएको छ ।

spot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
spot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img