Skip to content

हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड आइतबारदेखि सुरु हुँदै

हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड आइतबारदेखि सुरु हुँदै
प्रकाशित:
शब्दको आकार


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । गाउँपालिकाको समन्वय र पालिका अन्तर्गत युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगिता आइतबार र सोमबार  गरी दुई दिन सञ्चालन हुने पालिकाका खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राई हिमालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता वडा नम्बर २ स्थित चैनपुर खेल मैदानमा सञ्चालन हुनेछ ।


प्रतियोगितामा ८ विद्यालयका खेलाडीहरु सहभागि हुने गाउँपालिकाका शिक्षा शाखाका प्रमुख रामेश्वर पुडासैनीले बताउनुभयो ।

प्रतियोगितामा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनि उमेरका खेलाडीले सहभागि जनाउँन पाउनेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्ट र मार्सल आर्टका खेलहरु हुनेछन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts