Skip to content

बागमतीमा सिकाईको लागी फ्रेन्डशिप क्याम्प २०८१ हुँदै

बागमतीमा  सिकाईको लागी फ्रेन्डशिप क्याम्प २०८१ हुँदै
प्रकाशित:
शब्दको आकार
messenger sharing button
twitter sharing button

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा स्काउटमा आबद्ध विद्यार्थीहरूको लागि २ रात ३ दिवसीय स्काउट फ्रेन्डसीप क्याम्प सुरु हुने भएको छ। बागमती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल स्काउट बागमती प्रदेश स्काउट, स्थानीय स्काउटको व्यवस्थापनमा उक्त क्याम्प हुन लागेको हो।

गत वैशाख २३ गते शाखाले एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराएको हो। क्याम्प भोलिदेखि बागमती गाउँपालिका झूर्झुरेको महाबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा हुने सूचनामा उल्लेख छ । बागमती गाउँपालिकामा रहेका ५० ओटा विद्यालय मध्य स्काउट सञ्चालन भएका विद्यालहरुले आफ्नो विद्यार्थीलाई सहभागी गराउन आह्वान गर्दै शाखाले सूचना जारी गरेको हो ।

पढाई बाहेक अतिरिक्त कृयाकलापमा जोड दिने र विद्यार्थीहरुमा सामाजिक, मानसिक, बौद्धिक धार्मिक र आध्यात्मिक गुणको विकास गर्नको लागि क्याम्पको आयोजना गरिएको सूचनामा उल्लेख छ। कार्यक्रममा सहभागिता जनाउने विद्यालयले आफ्नो स्काउट टीम दर्ताको लागि जनही विद्यार्थी प्रति रु १०००। रुपियाँ बुझाउनु पर्ने र कार्यक्रमको लागि आवश्यक सरसामान आफैले ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । विशेष गरी स्काउट विपद् व्यवस्थापन तथा भीडभाड नियन्त्रणको लागि खटिने विश्व प्रसिद्ध संस्था हो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts