Skip to content

हरिहरपूरगढीमा ३ दिने मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिम सम्पन्न

हरिहरपूरगढीमा ३ दिने मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिम सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपूरगढी बैशाख,२५ :हरिहरपूरगढी बैशाख गाउँपालिकाको आयोजना र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल ( टि.पि.ओ नेपालका) प्राबिधिक सहयोगमा तिन दिवशिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिम सम्पन्न भएको छ। बैशाख २३ देखि चलेको तालिम आज पालिकाको सभा हलमा एक कार्यक्रम बीच सम्पन्न भएको हो।


दोश्रो चरणको कार्यक्रम अन्तर्गत् हरिहरपूरगढी भित्रका १५ वटा सामुदायीक बिद्यालयका शिक्षकहलाई तिन दिवशिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिम दिएको छ।
हरिहरपूरगढी गाउँपालिका क्षेत्रमा ब्याप्त रहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरु न्यूनिकरण गर्न साथै आत्महत्या रोकथाम, बिद्यालयमा किशोरीहरु सामुहिक रुपमा बेहोश हुने समस्या अर्थात् मास कन्भर्जन डिसअर्डर र बालबालिका तथा किशोरकिशोरीहरुमा हुने मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरुलाई ब्यबस्थापन गर्ने बिषयमा तालिम केन्द्रित रहेको थियो तालिममा प्रत्येक बिधालयबाट १ जना शिक्षक/शिक्षिका तथा पालिकाको २ वटा बिद्यालयबाट २ जना बिधालय नर्सले तालिममा लिएका छन् ।
समापन कार्यक्रममा हरिहरपूरगढी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन श्रेष्ठ ,शिक्षा तथा युवा तथा खेलकुद विकास उपशाखाका प्रेम वहादुर विक, टिपिओ नेपालका प्रशिक्षक राधा थापा,सुमना लामा, शिक्षक शिक्षिका तथा विद्यालय नर्स लगायतको उपस्थिति रहेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts