Skip to content

हरिहरपुरगढीमा बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा जिल्ला स्तरिय गोष्ठी सम्पन्न

हरिहरपुरगढीमा बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा जिल्ला स्तरिय गोष्ठी सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,बैशाख २१ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशको दोस्रो आवधिक योजना र जिल्ला स्तरीय बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बागमती प्रदेशका तिन वटा जिल्ला चितवन, मकवानपुर र सिन्धुली जिल्लाका स्थानिय तहहरुले आगामी बर्षका योजना र कार्यक्रम प्रस्तुत गरेका थिए ।


गोष्ठी कार्यक्रममा सहभागी स्थानिय तहहरुले रोजगारी सिर्जना,कृषि उत्पादन,सडक तथा पुर्वाधार, शिक्षा, स्वास्थ्यमा निःशुल्क लगाएतका आवधिक आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए। कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो।आवधिक योजना तर्जुमा गोष्ठीमा प्रदेश निति आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा,प्रदेश सचिव ज्ञानप्रसाद ढकालको सहभागीता रहेको थियो ।सहभागीहरुलाई हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवाले स्वागत गरेका थिए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts