Skip to content

सिनेमा घरमा ‘बोक्सीको घर’आजदेखि प्रदर्शनमा

सिनेमा घरमा ‘बोक्सीको घर’आजदेखि प्रदर्शनमा
प्रकाशित:
शब्दको आकार

आज शुक्रबारदेखि नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा उनले मुख्य भूमिका निभाएकी छिन भने चलचित्रमा लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका छन्।

चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै छन् ।ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चामा रहेको चलचित्रलाई दर्शकले राम्रै साथ दिएको छ ।फिल्ममा अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटा केन्द्रीय भूमिकामा छन् । सुपलाले केकीको बाल्यकालको भूमिका निभाएकी छन् । चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायतका कलाकारले अभिनय गरेका छन् चलाचित्रको बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्मातामा छन् । करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर चलचित्र निर्माण भएको हो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts