दक्षिण अफ्रिकामा एउटा बस पुलबाट ५० मिटर तल चट्टानमा खस्दा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक आठ वर्षीया बालिका जीवित भेटिएकी छन् । उनको अवस्था गम्भीर रहेको र अहिले अस्पतालमा उपचार भइरहेको छ ।
बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा सडक किनारामा रहेको घुम्ती बारमा ठोक्किएर तल चट्टानमा खसेको थियो दुर्घटना पछि बसमा आगो लागेको थियो । यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए ।