Skip to content

इजरायली आक्रमणमा इरानमा ७८ को ज्यान, ३२० भन्दा बढी घाइते

इजरायली आक्रमणमा इरानमा ७८ को ज्यान, ३२० भन्दा बढी घाइते
प्रकाशित:
शब्दको आकार

इजरायलले इरानमाथि गरेको आक्रमणमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
इरानी अधिकारीहरूले आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा कडा निन्दा गरेका छन्।

इरानका राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा भएको आपतकालीन बैठकमा सम्बोधन गर्दै भने,

"इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको छ।"

अमेरिकामाथि समेत गम्भीर आरोप

इरावानीले अमेरिकाले इजरायललाई हतियार र सैन्य सहयोग दिएको आरोप लगाउँदै यो आक्रमणमा अमेरिकाको पनि अप्रत्यक्ष संलग्नता रहेको दाबी गरे।
उनले सुरक्षा परिषद्लाई आह्वान गर्दै भने,

"हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ। अब इजरायललाई जबाफदेही बनाउनुपर्छ।"

इरानको माग: इजरायलमाथि कारबाही होस्

इरानले सुरक्षा परिषद्सँग इजरायलको कारबाहीको निन्दा गर्न, उसलाई अन्तर्राष्ट्रिय रूपमा जवाफदेही बनाउने कदम चाल्न माग गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts