Skip to content

मकवानपुरमा बाइक दुर्घटना १ जना घाइते

मकवानपुरमा बाइक दुर्घटना १ जना घाइते
प्रकाशित:
शब्दको आकार

हेटौडा ,चैत्र ३ :मकवानपुर ईन्द्रशरोवर सिमखोलामा आज दिउसो २ बजे बाइक दुर्घटना भएको छ। हेटौडा काठमाण्डौ अन्तर्गत ईन्द्रशरोवर - २ सिमखोला स्थित हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको लु.३४ प ३६०४ नं. को मो.सा.आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको हो


दुर्घटनामा चालक चितवन खैरेनी-१ का २९ बर्षका यज्ञ बहादुर मगर घाइते भएका छन् घाइतेको ढाडमा चोट लागेको छ उनि दाङ रङसिंह दलमा कार्यरत नेपाली सेनाका प्युठ हुन् ,उनलाई उपचारको लागी काठमाण्डौ छाउनी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts