पाँचौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२४ आयोजना हुने भएको छ । महाेत्सव चैतकाे १६ देखि चैतकाे १९ सम्म हुने भएको हो।
मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका बिषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ।
बिगत चार बर्षसम्म महोत्सव आयोजना गरेको अनुभव सहित यो बर्ष थप परिस्कृत गर्दै महोत्सवको आयोजना गर्न लागिएको संस्थाका निर्देशक सन्तोष सुवेदीले जानकारी दिएका छन ।
सस्थाका कोषाध्यक्ष तथा कलाकार दिनेश खड्का भन्छ्न हामिलाइ सबै सरकारि निकाय अनि संघ संस्था को साथ सहयोग को अपेक्षा गरेका छ्म ताकी हाम्रो यो महोत्सव लाई बिदेश मा समेत हाम्रो चलचित्र लाई प्रबर्द्धन गर्नु सकियोस ।
काठमाडौंको एक होटलमा पत्रकार सम्मलेन गर्दै निर्देशक सुवेदीले यो महोत्सवले चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड दुबैमा एक समृद्ध सिनेमा अनुभव दिने प्रतिज्ञा समेत व्यक्त गरे ।
कार्यक्रममा महोत्सवको राष्ट्रिय जुरीहरुको परिचय गराइएको थियो । जसमा मोहन निरौला, सुष्मा कार्की, मोहन राई, माधव खरेल, शान्ती प्रिय र सुवास प्रधान रहेका छन् ।
त्यस्तै, अन्तराष्ट्रिय जुरीहरु पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्वियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर रहेका छन् ।
महोत्सवमा बिभिन्न देशका फिल्म देखाइनुका साथै प्यानल छलफल तथा मास्टर क्लास पनि हुनेछ । महोत्सवमा ३७ बिभिन्न देशका र ३७ विभिन्न भाषा फिल्महरु प्रर्दशन गरिनेछ । महोत्सवमा देखाइने सम्पुर्ण फिल्महरु निशुल्क हेर्न पाइने आयोजकको भनाई छ । फिल्म चलचित्र विकास बोर्ड नेपाल र पर्यटन बोर्डमा देखाइने पनि बताइएकाे छ ।



