Skip to content

हरिहरपुरगढीमा दोस्रो महाशिवरात्रि मेला सम्पन्न हजारौ दर्शकको उपस्थिति

हरिहरपुरगढीमा दोस्रो महाशिवरात्रि मेला सम्पन्न हजारौ दर्शकको उपस्थिति
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढीको श्रीपुरमा दोस्रो महाशिवरात्रीमेला सम्पन्न भएको छ। श्रीपुर हाटबजारमा फागुन २४ ,२५ गते २ दिने मेला लागेको हो।


हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रद्वज वाइबा ज्युको प्रमुख आतिथ्यता तथा ,नेकपा एमाले केन्द्रिय सदस्य कमल जंग राईको बिशिस्ठ आतिथ्यता ,वडा न २ का वडा अध्यक्ष विश्व राई, हरिहरपुरगढी गाउँ पालिका पूर्व उपाध्यक्ष अनिता कुमारी राई ,हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको थियो।
कार्यक्रमको पहिलो दिन २४ गते चर्चित कमेडियन दिनेश काफ्लेको प्रस्तुति लगायत स्थानिय कलाकारहरुको प्रतुती रहेको थियो। काफ्लेले समसामयिक बिषयमा व्यंग्य गर्दै साथै विभिन्न क्यारिकेचर गरेर दर्शक हसाएका थिए।


त्यस्तै दोस्रो दिन फागुन २५ गते चर्चित सेलो गायिका जितु लोप्चन ,गायक सुर्य राई ,राजेन्द्र गिरि गुन्द्रुके ,रुबिना राई ,समृद्धि कार्की ,संसारकै दोस्रो होचॊ व्यक्त्ति डोर बहादुर खपांगी ,हिमाल राई ,बिशाल राज राई ,करन बिस्ट , बाबुराम राई ,गोरख राई लगायतको प्रस्तुति रहेको थियो।
जितुले आधा दर्जन जति आफ्नो चर्चित सेलो गीतले दर्शकलाई मनोरंजन दिएकी थियिन्,त्यस्तै राजेन्द्र गिरि गुन्द्रुकको जादु नृत्यमा दर्शक मज्जाले हासेका थिए ,त्यस्तै रुबिना,समृद्धिको नृत्यले माहोल नै रंगीन बनेको थियो ,गायक सुर्य राइले आधा दर्जन जति गीत प्रस्तुत गरेका उनको गीतमा दर्शक मज्जाले नाचेका थिए। २ दिन चलेको कार्यक्रममा करिब ५ हजार बढी दर्शकले अबलोकन गरेको श्रीपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष उद्धब राईले जानकारी दिनु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts