Skip to content

चन्द्रपुरका नगर शिक्षा अधिकारी मण्डल सम्मानित

चन्द्रपुरका नगर शिक्षा अधिकारी मण्डल सम्मानित
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर , २७ फागुन / चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डल सम्मानित हुनुभएको छ । चन्द्रपुर नगरपालिकाको शिक्षाको विकासमा योगदान पुर्याएको भन्दै चन्द्रपुर एकेडेमीेले उहाँलाई सम्मान गरेको हो । विद्यालयको प्रथम अभिभावक दिवसको अवसरमा उहाँलाई विद्यालयका अध्यक्ष वसन्त कुमार आर्चाय एवम् चन्द्रपुर ६ का वडाध्यक्ष सहदेव केसीले सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो ।
सम्मानित हुनुहुने मण्डलले आफुलाई यस्ता सम्मानहरूले थप जिम्मेवार बनाउने भन्दै चन्द्रपुरलाई शैक्षिक हव बनाउन सबै सरोकारवालाहरुसँग हातेमालो गर्दै अगाडि‌ बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले चन्द्रपुर एकेडेमीले चन्द्रपुरको शिक्षामा योगदान पुर्याउने विश्वास गर्दै गुणस्तरीय शिक्षामा एकेडेमीले जोड दिनुपर्ने बताउनुभयो । 'सम्मानले आफ्नो कर्तव्य प्रति थप जिम्मेवार बनाउँछ' उहाँले भन्नुभयो, 'चन्द्रपुरमा गुणस्तरीय शिक्षाको विकासको लागि म मेरो तर्फबाट सक्दो योगदान गरिरहनेछुँ । हामी सबैले यसको लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्छ।'
विद्यालयक अध्यक्ष वसन्त आचार्यले चन्द्रपुर एकेडेमी शिक्षा सँगसँगै विद्यार्थीहरुको समग्र व्यक्तित्व विकासमा जोड दिइरहेको उल्लेख गर्दै आगामी दिनमा थप नयाँ योजनाहरु सहित विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। सोही अवसरमा विद्यालयमा कार्यरत शिक्षकहरू सिताराम सिग्देल र मेनुका तिमल्सिनालाई पनि सम्मान गरिएको विद्यालयका प्रिन्सिपल गरिमा घिमिरेले जानकारी दिनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

Author
This author hasn't written a bio yet.

Related Posts