Skip to content

हरिहरपुरगढी चौथो अध्यक्षकप सम्पन्न पुरुष र महिला फुटबलमा वडा न. ५ बिजयी

हरिहरपुरगढी चौथो  अध्यक्षकप सम्पन्न पुरुष र महिला फुटबलमा वडा न. ५ बिजयी
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढिमा जारी चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। फागुन १७ गते देखि सुरु भएको प्रतियोगिता फागुन २२ गते सम्पन्न भएको हो। प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला खेलकुद प्रतियोगिता भएको थियो।


पुरुष फुटबल अन्तरगत वडा नम्बर ८ र वडा नम्बर ५ का टिम फाइनलमा पुगेका थिए ,फाइनल खेलमा कतै बाट गोल नभए पछि खेल टाईब्रेकर अन्तर्गत पेनाल्टी सुटमा वडा नम्बर ५ ले ३ गोल तथा वडा नम्बर ८ ले २ गोल गर्दै वडा नम्बर ५ बिजयी भैइ प्रथम भएको छ त्यस्तै ,महिला फुटबल अन्तर्गत वडा नम्बर ५ र वडा नम्बर २ फाइनलमा पुगेका थिए फाइनल खेलमा वडा नम्बर २ लाई २ -.० ले पराजित गर्दै वडा नम्बर ५बिजयी भएको छ त्यस्तै कर्मचारी र जन प्रतिनिधि बीच भएको मैत्रीपूर्ण फुटबलमा ६-० ले हराउदै कर्मचारी टिम बिजयी भएको छ ,

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिमा हरिहरपुरगढी गाउँपालिका उपाअध्यक्ष चेख बहादुर थिङ ,विशिष्ट अतिथी हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल,नेकपा एमालेका केन्दिय सदस्य श्री कमल जङ्ग राई,अतिथिहरु वडा न.२,३,४,५,र ८ का वडाध्यक्ष लगायतका आतिथ्यतामा सम्पन्न भएको हो।
प्रथम ,दोस्रो हुने टीमलाई ट्रफी प्रमाणपत्र वितरण गरिएको थियो ,महिला तर्फ विद्यागत पुरस्कार
अनुशासिट खेलाडी बडा नं. ४ कल्पना जिम्बा,उत्कृष्ट गोल रक्षक वडा नं. ५ की पंन्ची राई, उत्कृष्ट डिफेन्दर २ की बिपना पहरी,
सर्बाधिक गोलकर्ता वडा नम्बर ५ कि पुर्णिमा माझि , उत्कृष्ट मिड फ़िल्डर वडा नम्बर ५माझि,उत्कृष्ट डिफेन्दर वडा नं. ८ का तेज बहादुर माझि ,उत्कृष्ट मिड फिल्डर वडा नं. ८ का सागर माझि ,सर्बाधिक वडा नं. ५ का रोशन मगर पुरष्कृत भएका छन्।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts