Mero Logo

बागमती गोल्डकपः आज एपीएफ क्लब र चर्च ब्वाईज युनाईटेड भिड्दै

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबारको खेल विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब संग चर्च ब्वाईज युनाईटेड काठमाण्डाै बीच हुने भएको छ ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा खेल भैरहेको छ ,खेल दिउसाे १ बजे हुनेछ । त्यस्तै शनिवार मछिन्द्र फुटबल क्लब काठमाण्डाैसंग जावलाखेल युवा क्लव ललितपुरले सामाना गर्नेछ र आइतबार आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा अपडेट