Skip to content

छैठौ बागमती गोल्डकपको खेल तालिका सार्बजनिक बिजेतालाई १० लाख

छैठौ बागमती गोल्डकपको खेल तालिका सार्बजनिक बिजेतालाई १० लाख
प्रकाशित:
शब्दको आकार
मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा हुने छैठौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ l आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो lप्रतियोगिताको उद्घाटन खेल फागुन १ गते राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच प्रतिस्पर्धा हुने भएको छ l फागुन २ गते हिमालयन शेर्पा क्लब काठमाडौं र आयोजक बीच प्रतिस्पर्धा हुनेछ l तेस्रो खेल फागुन ३ गते नव जनजागृति क्लब सिमरा र एन.आर.टि.फुटबल क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ l त्यस्तै, फागुन ४ गते ए.पी.एफ. क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् lप्रतियोगितामा ७ वटा ए डिभिजन क्लब र मोफसलका ३ वटा गरी जम्मा १० वटा क्लबहरुको सहभागिता रहने बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनु भयो ।समूह “क” मा जावलाखेल युथ क्लब ललितपुर, राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब, काठमाडौं, नव जनजागृति क्लब सिमरा र एन.आर.टि.फुटबल क्लब काठमाडौं परेका छन् भने समूह “ख” मा त्रिभुवन आर्मी क्लब, काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक टीम, ए.पी.एफ. क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड रहेका छन् l प्रतियोगिता बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुर स्थित जनता माविको खेलमैदानमा हुनेछ l प्रतियोगिता गोल नेपाल डट कम र रेडियो झुरझुरे ९०.६ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिने अध्यक्ष श्रेष्ठले बताए lप्रतियोगिता गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदेशी टोली भुटनिज स्पोर्ट्स क्लब र संकटा युथ क्लब प्रतियोगितामा सहभागी नहुने भएको हो । आयोजकले छैठौं संस्करणको प्रतियोगितामा सहभागी हुनका लागि खबर गरेपनि दुई टोलिले सहभागी नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै पालिका खेलकुद विकास समितीका सदस्य सचीव प्रमोद राईले पालिकाले यस पटक गोल्डकपको राशी पनि वृद्धि गरेको बताउनुभयो । यस संस्करणको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने उहाँले बतानुभयो । गत संस्करणमा विजेताले ८ लाख रुपैयाँ प्राप्त गरेको थियो ।नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरिनेछ l म्यान अफा दि म्याच घोषित प्रत्येक खेलाडीले १०/१० हजार रुपयाँ प्राप्त गर्नेछन् l पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी लगायतकाको उपस्थिति रहेको थियो ।२०७४ बाट सुरु भएको बागमती गोल्डकपले छैठौं संस्करणको यात्रा तय गरेको छ l प्रथम संस्करणको उपाधी हरिहरपुरगढी गाउँपालिका, सिन्धुलीले हात पारेका थिए l दोस्रो संस्करणमा उपाधी सरस्वति युवा क्लब, जावलाखेल र तेस्रो संस्करणमा जावलाखेल युवा क्लव, ललितपुरले जितेको थियो l त्यस्तै, चौथो संस्करणमा थ्री स्टार युथ क्लब, ललितपुर र पाँचौं संस्करणमा भुटनीज स्पोर्ट्स क्लब , अमेरिका विजेता बनेका थिए|
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts