सिन्धुली — हरिहरपुरगढी गाउँपालिकाले "अध्यक्ष उत्कृष्ट कृषक कार्यक्रम" अन्तर्गत विभिन्न कृषि तथा पशुपन्छी विधामा उत्कृष्ट योगदान पुर्याएका ४ जना कृषक र १ कृषक समूहलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी तथा कृषकहरूको उपस्थिति रहेको थियो।
सम्मानित हुनेहरूमा MG Agro Farm (यमकुमार गोले) – कुखुरापालन, ककरे नमुना गाईपालन फार्म (शिसिरलाल भोलन) – गाईपालन, बस्तिपुर नमुना कृषि फार्म (अजयबहादुर घिसिङ) – तरकारी खेती, गुर्जीठाकुर कृषि फार्म (शेरबहादुर थिङ) – फलफूल खेती तथा तुलसी लघु उद्यम कृषक समूह (दिलबहादुर पाख्रिन) – कृषि तथा पशुपालन समूह विधामा सम्मानित भएका हुन्।
गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गर्दै व्यावसायिक कृषि तथा पशुपालनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।





Comments
19 Comments
https://shorturl.fm/eeWjk
https://shorturl.fm/VvqLz
https://shorturl.fm/FRRYv
https://shorturl.fm/3WVK9
https://shorturl.fm/IF0jd
https://shorturl.fm/d3Hjy
https://shorturl.fm/jnODj
https://shorturl.fm/czvRP
https://shorturl.fm/zyqFb
https://shorturl.fm/guhy0
https://shorturl.fm/3BQfS
https://shorturl.fm/ajWT0
https://shorturl.fm/oWtbN
https://shorturl.fm/A9vBS
https://shorturl.fm/D6TOL
https://shorturl.fm/JmSGf
https://shorturl.fm/fs6B2
https://shorturl.fm/wL1K8
https://shorturl.fm/ukLu4