मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

एसईई परिक्षा चैत्र १५ देखि २७ गते सम्म सञ्चालन हुने

Mero Patra
मेरो पत्र
ad
एसईई परिक्षा चैत्र १५ देखि २७ गते सम्म सञ्चालन हुने
adad

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले माध्यामिक तह (एसईई )परीक्षा चैत्र १५ देखि सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भएको छ
बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

ad