सिन्धुली, असार ५ — हरिहरपुरगढी गाउँपालिकाको २३औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष चेख बहादुर थिङले आगामी आर्थिक वर्षका लागि कुल रु. ७२ करोड ३१ लाख ५६ हजारको बजेट सार्वजनिक गर्नुभयो।
“समृद्ध हरिहरपुरगढी गाउँपालिकाको आधारः शिक्षा, स्वास्थ्य, कृषि, वन, पर्यटन र पूर्वाधार” भन्ने नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। “जहाँ उत्पादन, त्यहाँ अनुदान” अवधारणाअनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने, गाँजाखेतीसम्बन्धी कानुनी अध्ययन गरिने तथा “मेक इन हरिहरपुरगढी, मेड इन हरिहरपुरगढी” अभियानमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ७ देखि प्रत्येक शुक्रबार हाफटाइमपछि “बुक–फ्री डे” लागू गरी विद्यार्थीलाई सीपमूलक गतिविधिसँग जोडिने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
“हरिहरपुरगढी बन्दै छ, बा–आमालाई सन्चै छ” भन्ने नारासहित नसर्ने रोगहरूको रोकथाम तथा समयमै पहिचानका लागि टोल–टोलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने तथा आगामी आर्थिक वर्षलाई “पूर्ण खानेपानी पहुँच वर्ष” का रूपमा कार्यान्वयन गरिने अध्यक्ष वाइबाले जानकारी दिनुभयो।
उपाध्यक्ष थिङले प्रस्तुत गर्नुभएको बजेटअनुसार वडागत कार्यक्रमका लागि रु. ४ करोड, प्रशासनिक खर्चतर्फ रु. १५ करोड ६२ लाख ८४ हजार, सशर्त अनुदान चालुतर्फ रु. २१ करोड ७४ लाख २५ हजार, सशर्त अनुदान पुँजीगततर्फ रु. ७ करोड ३४ लाख, पूर्वाधार विकासतर्फ रु. १७ करोड ३४ लाख २८ हजार ७०० तथा सामाजिक विकासतर्फ रु. ३३ करोड ६० लाख ४६ हजार ३०० विनियोजन गरिएको छ।
त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि रु. ४० लाख, राष्ट्रिय रोजगार कार्यक्रमका लागि रु. ४९ लाख ९७ हजार, प्रकोप व्यवस्थापनका लागि रु. १० लाख र गत आर्थिक वर्षको भुक्तानी दायित्वका लागि रु. २ करोड ६३ लाख छुट्याइएको छ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकारको दोस्रो कार्यकालको चार वर्ष उपलब्धि, सिकाइ र आत्ममूल्यांकनको अवधि रहेको उल्लेख गर्नुभयो। चुनौतीका बीच विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उहाँले बताउनुभयो।





Comments
20 Comments
https://shorturl.fm/qd4Tq
https://shorturl.fm/igZNt
https://shorturl.fm/0sUlh
https://shorturl.fm/ArMiA
https://shorturl.fm/3WnDD
https://shorturl.fm/I1x1D
https://shorturl.fm/RZ1We
https://shorturl.fm/0uhkb
https://shorturl.fm/H2fl9
https://shorturl.fm/K41Fv
https://shorturl.fm/kx3b5
https://shorturl.fm/rM8ED
https://shorturl.fm/a8NK2
https://shorturl.fm/43Nii
https://shorturl.fm/XrfGS
https://shorturl.fm/cYo13
https://shorturl.fm/uDXOf
https://shorturl.fm/Y1uwM
https://shorturl.fm/3SLGt
https://shorturl.fm/mMCHH