Skip to content

सम्झना महोत्सब ४ दिन लाग्ने दुर्गेश थापाले धुम मच्चाउने

सम्झना महोत्सब ४ दिन लाग्ने दुर्गेश थापाले धुम मच्चाउने
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिका – १ माझगाउँमा बर्षेनी लाग्ने सम्झना महोत्सब यसपाली पनि भब्य रुपमा लाग्ने भएको छ। पालिकाको १ नम्बर वडा कार्यालय संगै रहेको सम्झना बजारमा मकर सक्रान्ति बृहत सास्कृतिक सम्झना महोत्सब लाग्ने भएको हो।

पुर्बी मकवानपुरको सबै भन्दा ठुलो बजार र ब्यापार हुने यस महोत्सबमा नेपाल कै चर्चित गायक तथा कलाकार दुर्गेश थापा ,लोक गायक भोजराज काफ्ले ,एन्जिला रेग्मी ,सुरेश लामा ,आदित लोप्चन ,आशाराम थिङ्ग ,मनोज बल ,सुरेश कुमार राई ,करण बिष्ट,अनिल राई,जिबन दोङ्ग लगायत स्थानिय कलाकारहरुको प्रुस्तुती रहनेछ।
महोत्सबमा बिशेष नृत्य प्रतियोगिता ,स्थानिय बिद्यालयका बिधार्थीको नृत्य प्रस्तुति ,रमाइला खेलहरु ,स्थानिय खानाका परिकारहरुको स्वाद लिन सकिने छ भने यसपाली माघ १ गते देखि ४ गते सम्म महोत्सब लाग्ने आयोजकले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts