Skip to content

बागमतीमा १०४ जना सुकुम्बासी, दलित र भूमिहिनलाई लालपुर्जा वितरण

बागमतीमा १०४ जना सुकुम्बासी, दलित र भूमिहिनलाई लालपुर्जा वितरण
प्रकाशित:
शब्दको आकार

मकवानपुर । बागमती गाउँपालिकाले सुकुम्बासी, दलित र भूमिहिन गरी १०४ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। वडा नं. १ मा ४३, वडा नं. २ मा ३० र वडा नं. ६ मा २८ लालपुर्जा हस्तान्तरण गरिएको हो।

बाकी लालपुर्जा प्राविधिक कारणले रोकिएको भए पनि बाँकी सबै लाभग्राहीलाई पुर्जा दिइएको गाउँपालिकाले जनाएको छ।

वितरण कार्यक्रम अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अध्यक्ष घलानले भूमि अधिकार हरेक नागरिकको आधारभूत हक भएको उल्लेख गर्दै भूमिहिन तथा सुकुम्बासी परिवारलाई सुरक्षित बसोबास सुनिश्चित गर्न यो कदम चालिएको बताए।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts