Skip to content

मकवानपुरको बागमतीमा सवारी दुर्घटना १६ घाइते

मकवानपुरको बागमतीमा सवारी दुर्घटना १६ घाइते
प्रकाशित:
शब्दको आकार

मकवानपुर, असोज २१ – मकवानपुरको बागमती–४ हरामीचोक स्थित मदन भण्डारी लोकमार्गमा आज बिहान सवारी दुर्घटना भएको छ। सिन्धुलीबाट हेटौडा तर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ००७२ नं.को ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नं.को मोटरसाइकललाई ठक्कर दिएको छ। ठक्करपछि ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खस्दा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्।

घटना खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरेको छ। घाइते सबैलाई स्थानीय साम्भि पोलिक्लिनिक र हेटौंडाको सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ। मकवानपुर प्रहरीले घाइतेहरुको अवस्था सामान्य रहेको जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts