मेरो पत्र Logo

मकवानपुरको कान्तिलोकपथमा कार दुर्घटना ३ जना गम्भीर घाइते

Mero Patra
मेरो पत्र
ad
मकवानपुरको कान्तिलोकपथमा कार दुर्घटना ३ जना गम्भीर घाइते
adad

मकवानपुरको बकैया गाउँपालिका- १२ चौतारा स्थित कान्तिलोकपथ सडकखण्डमा कार भिरबाट खस्दा ३ जना गम्भीर घाइते भएका छन्।

बिहान ललितपुरबाट हेटौडा तर्फ आउदै गरेको ग ३ च ९४७५ नं.को टाटा कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० /५०० मिटर तल खसेको हो। घाईतेहरू जिल्ला बारा निजगढ ६ का ३० वर्षका सन्दिप शाहको टाउकोमा चोट लागेको छ ,रौतहट मौलापुर ६ का १७ बर्षीय विबेक शाहको टाउको र शरिरमा चोट लागेको छ ,मकवानपुर भिमफेदी ८ का ६५ बर्षका प्रेम बहादुर ब्लोनको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको छ अचेत अबस्थामा फेला पारी उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्: