Skip to content

माझगाउँमा देवास राईको चियापान कार्यक्रम सम्पन्न

माझगाउँमा देवास राईको चियापान कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

बागमती: किरात देवास राई उत्थान समाज नेपाल बागमती गाउँपालिका मकवानपुरले नेपालीहरुको महान पर्व विजया दशमी र दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। “भाषा कला र संस्कृतिको सम्मान, बन्धुत्व र एकताको अभियान” भन्ने नारा सहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिवार सम्पन्न भएको हो।

समाजको स्थानीय समितिका अध्यक्ष हर्क बहादुर राईको सभाध्यक्ष तथा किरात देवास राई उत्थान समाज नेपालका मुख्य संरक्षक तथा समाजका संस्थापक एवम् निवर्तमान अध्यक्ष आशमान राईको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष श्याम बहादुर राई र हरिहरपुरगढी वडा नम्बर २ का अध्यक्ष विश्व राईको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्ष राजमान राई, महासचिव प्रमोद राई, समाजका सिन्धुली जिल्लाका अध्यक्ष विष्णु बहादुर राई, मकवानपुर जिल्लाका उपाध्यक्ष भिम कुमार राई, शिक्षकहरु राजकुमार राई, छत्रबहादुर राई, ज्ञान बहादुर राई, शान्ति राई, शम्भु राई, सिताराम राई लगायतकाको उपास्थिति रहेको समाजका स्थानीय कार्यसमितिका सचिव विष्णु बहादुर राईले जानकारी दिनु भयो।

राई समुदायको प्राथमिकताको चाड दशैं नपरेता पनि यस चाडको सम्मान गर्दै र सो अवसरमा देवास राई समुदायमा बन्धुत्वको विकास गर्न तथा एकताको अभियान स्वरूप शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको साथै कार्यक्रममा शुभकामना आदानप्रदान सँगै देवास राई समुदायको भाषा, कला संस्कार, संस्कृतिको संरक्षणका लागि अन्तरक्रिया एवम् छलफल समेत भएको सचिव राईले बताउनु भयो ।

मकवानपुरको बागमती गाउँपालिका एक नम्बर वडाको माझगाउँमा भएको उक्त कार्यक्रममा बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट ६३ जना राईहरुको उपस्थिति रहेको सचिव राईले जानकारी दिनु भयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts