सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा पछिल्ला वर्षहरूमा तरबुजा खेती भएपनि यो बर्ष अलि बढी चर्चा पायो ।पालिकाको वडा नम्बर २ जखौलिको जागरण कृषि समूहले तरभुजा खेतीबाट पनि आम्दानी गर्न सकिन्छ भनेर गतिलो उदाहरण दिए।
जागरण कृषि समूहका सचिव शुकदेव राईका अनुसार, “पहिले कृषि भन्ने बित्तिकै धेरैले उपेक्षा गर्थे, अब युवाहरूले यसलाई आम्दानीको प्रमुख स्रोतको रूपमा लिन थालेका छन्।” उनले नेतृत्व गरेको समूहले यस वर्ष दरबारमार्गको रैथाने कृषि बजारमा सरस्वती जातको तरबुजा बिक्री गर्दै ठूलो सफलता हासिल गरेको छ।
पालिकाको प्राविधिक सहयोग तथा बीउ अनुदान, कृषकको मेहनतबाट सफल भएका कृषक समूहले यो बर्ष लगभग ५० हजार किलो उत्पादन गरेको हरिहरपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख प्रवेश देवकोटाले जानकारी दिए।
अहिले यो सफलता देखेर स्थानीय युवाहरूको बढेको छ हरिहरपुरगढीका युवाहरू परदेश जानुको सट्टा गाउँमै बसेर कृषि व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोचमा पुगेका छन्। गाउँपालिकाले पनि यस्ता पहललाई प्रोत्साहन गर्न प्राविधिक तालिम, कृषि औजार, बिउबिजन, र बजारको पहुँच सहज बनाइदिएको छ। बागमति प्रदेश सरकारको सशर्त अनुदान र गाउँपालिकाको विशेष कार्यक्रम अन्तर्गत युवा लक्षित योजनाहरू कार्यान्वयनमा छन्।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार, “कृषिमा युवाको सक्रिय सहभागिता विकासको आधार हो। हामीले व्यवसायिक कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुहुन्छ ।
प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकारा " यो आर्थिक वर्षमा तरभुजा खेतीलाई पालिकाले अझै प्रोत्साहन गर्दै लैजाने बताउनुहुन्छ ।
कृषिमा देखिएको सम्भावनाले युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने बाटो देखाएको छ। स्थानीय कृषक कमल राई भन्छन्, “खाडी जानुको सट्टा अब हामी आफ्नै खेतबारीमा पसिना बगाएर राम्रो आम्दानी गर्न सकिन्छ सम्भावना रहेको बताए।”
यसै सन्दर्भमा, पालिका कार्यालय रहेको झनझने क्षेत्रका युवाहरूले पनि यस वर्ष बगर क्षेत्रको उपयोग गर्दै तरबुजा खेती सुरु गर्ने जनाएका छन्। उनीहरूले उपलब्ध जमिनको सदुपयोग गर्दै व्यावसायिक कृषि विस्तार गर्ने योजना बनाएका छन्, जसले गर्दा गाउँमै रोजगारी र आम्दानीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।




