काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘सिङ्गापुरे सारी’ सार्वजनिक गरिएको छ । गीतमा रामबहादुर तामाङको शब्द, राज्य राई देमिनको संगीत रहेको छ भने गीतलाई एरेञ्जमेन्ट सनम पुरुष राईले गरेका हुन् ।
भिडियोमा अजीत राई र रिया लामाको आकर्षक अभिनय देख्न सकिन्छ । नृत्य निर्देशन गोरख बहादुर राईले गरेका हुन् भने छायांकन योदिन योन्जनको रहेको छ । भिडियो सम्पादन र रंग संयोजन रामेश्वर जिरेलले गरेका हुन् ।
गीतलाई दर्शकसमक्ष उत्कृष्ट ढंगले प्रस्तुत गर्न निर्देशन स्वयं राज्य राई देमिनले गरेका छन् । लोक आधुनिक शैलीमा तयार गरिएको यो गीतले नेपाली गीत–संगीतप्रेमीलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।
‘सिङ्गापुरे सारी’ भिडियो रेलि फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।



