Skip to content

हरिहरपुरगढीको तिनकुना खोलामा डुबेर एक बालिकाको मृत्युु

हरिहरपुरगढीको तिनकुना खोलामा डुबेर एक बालिकाको मृत्युु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ तिनकुना खोलाको बाधमा डुबेर एक बालिकाको मृत्युु भएको छ । आज बिहान सिँचाइको लागी बनाएको बाधमा डुबेर प्रकाश राईकी ९ बर्षीया छोरी प्रतिमा राईको मृत्यु भएको हो । 

आज बिहान ११ बजेको समयमा तिनकुना खोला नजिककोे सिचाईको बाधमा पौडी खेल्ने क्रममा ९ बर्षीया प्रतिमा डुबेकी थिईन् । पोखरीमा डुबेको अवस्थामा निजका बुवाले उपचारको लागि मकवानपुरको बाग्मती गाउँपालिका स्थित सान्भी मेडिकलमा लगेका थिए । उपचारका क्रममा प्रतिमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मकवानपुर लगेको प्रहरीले जनाएको छ ।
 

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts