Skip to content

बागमतीको देउराली गाउँमा चट्याङ पर्दा एक घाइते

बागमतीको देउराली गाउँमा चट्याङ पर्दा एक घाइते
प्रकाशित:
शब्दको आकार

बागमती , जेठ २९ — मकवानपुर जिल्लाको बागमती गाउँपालिका–२, देउराली गाउँमा चट्याङ लाग्दा एक व्यक्ति घाइते हुनुका साथै एक घरमा आंशिक क्षति पुगेको छ।

मंगलबार साँझ करिब ५ बजे तिर लगातारको वर्षासँगै परेको चट्याङको झिल्काले ३२ वर्षीय कृष्ण बहादुर श्रेष्ठ घाइते भएका हुन्। चट्याङ लाग्दा उनी आफ्नै घरमा बसेका थिए। कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेका श्रेष्ठ हाल बोल्न सक्ने अवस्थामा छन् भने उनी राईगाउँ स्वास्थ्य चौकीमा उपचाररत छन्। स्वास्थ्यकर्मीहरूका अनुसार उनको अवस्था मध्यम रहेको छ।

यही चट्याङका कारण सोही गाउँमा बसोबास गर्दै आएका कमलजंग रानामगरको जस्ताले छाइएको इँटाको एकतले घरमा समेत आंशिक क्षति पुगेको छ। घरको छाना र केही भित्ताहरू चट्याङको असरले चर्किएको बताइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवराईगाउँबाट प्रहरी नायब निरीक्षक कमल प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पीडितको प्रारम्भिक उपचार गरिएको छ भने क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts